birat ribon

पिएसजीविरुद्ध पनि पुनरागमन गर्नेमा कोइम्यान आशावादी

Neuro
पिएसजीविरुद्ध पनि पुनरागमन गर्नेमा कोइम्यान आशावादी

विराटनगर / च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पनि कमब्याक गर्नेमा बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान आशावादी छन् । बुधबार राति कोपा डेल रेमा सेभिल्लाविरुद्ध कमब्याक गरेसँगै कोइम्यान पिएसजीविरुद्ध पनि पुनरामगन गर्नेमा आशावादी देखिएका हुन् ।

cura insider

गए राति स्पेनिस कोपा डेल रेको सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लामाथि जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लामाथि ३–० गोलको कम्ब्याक जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो ।

बार्सिलोनाले आफ्नो मैदान क्याप नोउमा कम्ब्याक जित निकालेसँगै समग्रमा ३–२ को जितसहित कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगका सेभिल्लाले आफ्नो मैदानमा बार्सिलोनालाई २–० गोलले हराएको थियो । गए राति बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रथेवेटले समान एक–एक गोल गरे ।

यता, च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना ४–१ गोलले पछि परेको छ । अब, पिएसजीको मैदानमा हुने सो दोस्रो लेगको खेलमा पुनरागमन गर्नेमा कोइम्यान आशावादी छन् ।

‘सेभिल्लासँगको २–० गोलको अग्रतामा कम्ब्याक गर्न सहज भयो तर पिएसजीविरुद्धको ४–१ को अग्रता उल्टाउन त्यति सहज छैन’, गए रातिको खेलपछि पत्रकारसँग बोल्दै कोइम्यानले भने, ‘पिएसजीसँग महान् टोली छ र महान् खेलाडीहरू छन् । हामी जित्नका लागि खेल सुरु गर्छौँ र आशा छ पिएसजीविरुद्ध पनि यसरी नै कमब्याक गर्न सकिनछ ।’

‘म आफ्नो टोलीबाट गर्व अनुभव गर्छु’, उनले थपे, ‘हामीले आफ्नो टिमको मनस्थिति परिवर्तन गर्नुछ ।’

jackson ribon