birat ribon

बल्ल पाए बेतौनावासीले आफ्नो जग्गाको पुर्जा

Neuro
बल्ल पाए बेतौनावासीले आफ्नो जग्गाको पुर्जा

सिरहा / सिरहाका गोलबजार नगरपालिका–१२ बेतौनाका स्थानीयले आफ्नो जग्गाको जग्गाधनी पुर्जा पाएका छन् । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि खुसी भएका छन् ।

भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्थानीयलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

cura insider

वर्षौँदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुसी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु,’ उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुसी छुँ ।’

वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्पर्क गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गरे ।

प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उनले जानकारी दिए । रासस

jackson ribon