birat ribon

युरोपा लिगको उपाधि जित्न नसकेको भन्दै राकिटिकले मेस्सीको मजाक उडाए

Neuro
युरोपा लिगको उपाधि जित्न नसकेको भन्दै राकिटिकले मेस्सीको मजाक उडाए

विराटनगर / स्पेनिस क्लब सेभिल्लाका मिडफिल्डर इभान राकिटिकले पूर्वसहकर्मी लियोनल मेस्सीमाथि ठट्टा गरेका छन् । बुधबार राति पूर्वक्लब बार्सिलोनाको मैदानमा हार ब्यहोरेपछि पत्रकारसँग कुराकानी गर्दै राकिटिकले मेस्सीले युरोपा लिगको उपाधि जित्न नसकेको भन्दै मजाक गरेका हुन् ।

गए राति स्पेनिस कोपा डेल रेको सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लामाथि जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लामाथि ३–० गोलको कम्ब्याक जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो ।

cura insider

बार्सिलोनाले आफ्नो मैदान क्याप नोउमा कम्ब्याक जित निकालेसँगै समग्रमा ३–२ को जितसहित कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा सेभिल्लाले आफ्नो मैदानमा बार्सिलोनालाई २–० गोलले हराएको थियो । गए राति बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रथेवेटले समान एक–एक गोल गरे ।

खेलपछि बोल्दै राकिटिकले भने, ‘मैले जितेको उपाधि मेस्सीले जितेका छैनन् । मैले यो कुरा मेस्सीलाई पनि सुनाइसकेको छु । मेस्सीले यतिधेरै गोल गरिसकेका छन् तर मैले जितेको उपाधि जित्न सकेका छैन् । उनले अहिलेसम्म युरोपा लिगको उपाधि जितेका छैनन् ।’

राकिटिकले सन् २०१३–१४ को सिजनमा सेभिल्लाबाट युरोपा लिग जितेका थिए । त्यसपछि उनी बार्सिलोना गएका थिए । छ सिजन क्याप नोउमा बिताएका उनले मेस्सीसँग एकसाथ खेलेका थिए ।

jackson ribon