birat ribon

महिला हस्तकला मेला हुने

Neuro
महिला हस्तकला मेला हुने

काठमाडौँ / महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ ।

cura insider

नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहीबार नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन् ।

हस्तकलाको प्रबद्र्धन महिला सशक्तिकरणको सम्बद्र्धन भन्ने नारासहित हुने भेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ । मेलामा साना ठूला गरी ५० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।

मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ ।

jackson ribon