birat ribon

मल अभाव हुँदैन : कृषिमन्त्री अर्याल

Neuro
मल अभाव हुँदैन : कृषिमन्त्री अर्याल

काठमाडौँ / कृषि तथा पशुपक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैँका लागि अन्त्य भएको बताएकी छन् ।

cura insider

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैँका लागि अन्त्य भएको बताइन् । आफूले मन्त्रालय सम्हालेपछि तत्कालीनरुपमा समस्याको समाधानका रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति हुन थालेपछि मलको समस्या हटेको बताइन् ।

मन्त्रालयले दीर्घकालीन समाधानका लागि मल कारखाना स्थापना गर्नेगरी काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

यस आर्थिक वर्षको आयातबाट दुई लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा तीन लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।

jackson ribon