birat ribon

दुखाइबाट मुक्ति पाउन फिजियोथेरापी महत्त्वपूर्ण

Neuro
दुखाइबाट मुक्ति पाउन फिजियोथेरापी महत्त्वपूर्ण

विराटनगर / फिजियोथेरापीलाई सामान्यरूपमा उपचार विधि मानिन्छ । व्यायाम वा उपकरणको माध्यमबाट शरीरमा उत्पन्न भएका सम्पूर्ण हाड, नसा तथा माशंपेशीसँग सम्बन्धित रोगहरूको निदान तथा उपचार गरिन्छ । फिजियोथेरापी एउटा उपचार पद्धति हो, जुन रोगका लागि मात्र नभएर रोगको रोकथामका लागि, लागिसकेको रोगको उपचारका लागि, औषधि तथा अरू सर्जिकल उपचारका क्रममा र बिरामी आफैँले व्यायाम गर्न नसक्दा गराउनका लागि आवश्यक हुन्छ ।

cura insider

हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसम्बन्धी स्पोट्र्स फिजियोथेरापी, प्रसूतिसम्बन्धी गाइनोकोलोजी फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग जेरियाट्रिक, स्वासप्रस्वासका लागि कार्डियो रेस्पिरेटरी र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापीहरू हुन्छन् जुन फिजियोथेरापीअन्तर्गत पर्दछन् ।

फिजियोथेरापी अस्वस्थ्य माननिसका लागि मात्र नभई स्वस्थ मानिसलाई पनि चाहिन्छ । बढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिर्वतन, बस्ने तथा काम गर्दा गर्ने हेलचेक्याइँ, अफिसमा घन्टौँ कुर्सीमा बस्दा, भारी समान बोक्दा, दीर्घकालीन रोग तथा अनेक कारणले मानिसहरूमा हड्डी तथा नसामा समस्या बढ्दो देखिन्छ । अधिकांश समय एउटै पोजिसनमा बसेर काम गर्ने तथा स्वस्थ व्यक्तिका लागि समेत फिजियोथेरापी आवश्यक भइसकेको छ ।

दैनिक काम गरेर निम्तिने समस्या, ढाड, गर्दन तथा कम्मर दुख्ने समस्या, फरक क्षमता भएका, असक्षमता, सीमित गतिविधि, सामाजिक तथा आर्थिक तनाव, वातावरणीय कारक र परिवर्तित जीवनशैलीका कारण पनि फिजियोथेरापी आवश्यक हुन्छ । मांसपेशी असन्तुलन भएमा, हातखुट्टा नचल्ने, प्यारालाइसिस भएर ओछ्यानमा परेका बिरामीको उपचार, नसा च्यापिएमा, जोर्नी खिइएमा, हाडजोर्नी बाङ्गो भएमा, मेरुदण्डको समस्या भएमा, विभिन्न रोगको उपचार गर्नुअघि र शल्यक्रिया गरेपछि बिरामीलाई पुनः सक्रिय बनाउन फिजियोथेरापी गराइन्छ ।

फिजियोथेरापीले वातावरणीय अवरोध घटाउन, हटाउन तथा प्रतिस्पर्धा गर्न सिकाएर बिरामीलाई हिँड्न सहज बनाउन मद्दत गर्छ । साथै, फिजियोथेरापीले वातावरणलाई परिमार्जन गरी घर तथा अफिसको काम गर्न सजिलो बनाउन मद्दत गर्छ ।

फिजियोथेरापीले डिप्रेसनलाई कम गराउनसमेत भूमिका निवारण गर्न सक्छ । शारीरिक गतिविधिले सिधारूपले नभई डिप्रेसनको बिरामीलाई व्यायाम गराएर, मस्तिष्कलाई व्यस्त राखी बिरामीमा सकारात्मक भावना उत्पन्न गराउँछ ।

jackson ribon