birat ribon

एकै ओभरमा पोलार्डको छ छक्का

Neuro
एकै ओभरमा पोलार्डको छ छक्का

विराटनगर / वेस्ट इन्डिजका अलराउन्डर केइरन पोलार्डले एकै ओभरमा छ छक्का प्रहार गरेका छन् । श्रीलङ्काविरुद्धको पहिलो टि–ट्वान्टी खेलमा उनले अकिला धनञ्जयको ओभरको एक ओभरमा छ छक्का लगाएका हुन् ।

cura insider

अकिलाले ह्याट्रिक विकेट लिएको एक ओभरपछि पोलार्डले छ बलमा छ छक्का लगाए । ओभरको प्रत्येक बलमा छक्का लगाउने उनी तेस्रो ब्याट्सम्यान बने । यसअघि युवराज सिंह र हर्षेल गिब्सले एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

एक सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तीन ओभर दुई बलमा ५२ रन बनाएर उत्कृष्ट सुरुआत गरेको थियो । तर अकिलाले एकै ओभरमा तीन विकेट लिएपछि वेस्ट इन्डिज दबाबमा आयो ।

अकिलाले एभिन लेविस, क्रिस गेल र निकोलास पूरनलाई पेभेलियन फर्काएर ह्याट्रिक विकेट पूरा गरे । गेल आफ्नो पुनरागमन खेलमै डक आउट हुन पुगे । पूरनले समेत खाता खोल्न सकेनन् । लेन्डी सिमोन्सले २६ र एभिन लेविसले २८ रनको योगदान दिए ।

आठ बलपछि लेन्डी सिमोन्स पनि पेभेलियन फर्किए । क्रिजमा ब्याटिङ गर्न आएका पोलार्डले अघिल्लो ओभरमा ह्याट्रिक विकेट लिएका अकिला धनञ्जयको ओभरको प्रत्येक बलमा छक्का लगाए ।

कप्तान पोलार्डले वनिन्डु हसरंगा डे सिल्भाको बलमा एलबीडब्ल्यु आउट हुनुअघि मात्र ११ बलमा ३८ रनको योगदान दिए । उनी पेभेलियन फर्किँदा वेस्ट इन्डिजले ८० बलमा मात्र ३१ रन ल्याउन जरुरी थियो ।

श्रीलङ्काविरुद्धको खेलमा वेस्ट इन्डिजले पावर प्लेमा अहिलेसम्मकै उच्च योगफल तयार गरेको कीर्तिमान बनायो । जैसन होल्डरले २४ बलमा २९ रन बनाएर अविजित रहे ।

त्यसअघि, कुलिजमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको श्रीलङ्काले पूरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र एक सय ३१ रन जोड्न सफल भयो । उसको ब्याटिङमा ओपनर निरोशन डिकवेलाले ३३ तथा पथुम निसान्काले ३९ रनको योगदान दिए ।

वेस्ट इन्डिजका बलिङमा ओबेड म्याकैले सर्वाधिक दुई तथा केभिन सिन्क्लैर, फिदेल एडवार्डस, जैसन होल्डर, ड्वायन ब्राभो र फाबियन एलेनले सामान एक–एक विकेट लिए । जितसँगै वेस्ट इन्डिजले तीन म्याचको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

jackson ribon