birat ribon

सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

Neuro
सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना  :  एक जनाको मृत्यु

विराटनगर । मोरङ सुन्दरहरैँचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका– ३ का २० वर्षीय अजित चौधरीको मृत्यु भएको हो ।

cura insider

बुधबार राति करिब ९ बजे प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी सवार अजित गम्भिर घाइते भएका थिए ।

अजितको नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

jackson ribon