birat ribon

सहमतिनजिक सरकार–विप्लव वार्ता

Neuro
सहमतिनजिक सरकार–विप्लव वार्ता

काठमाडौँ / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वार्ता सहमतिको अन्तिम चरणमा पुगेको छ ।

cura insider

सहमतिका बुँदालाई अन्तिम रूप दिई दस्तावेजीकरण गर्न अहिले दुई पक्ष छलफल गरिरहेको विप्लव समूहका एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार हिजो बुधबार एकैदिन दुई चरणको औपचारिक वार्ता गरेका दुई पक्षबीच अनौपचारिक रूपमा तेस्रो चरणको वार्ता पनि भइसकेको छ ।

अहिले बिहान सहमतिलाई लिखित रूप दिएर आजै संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

स्रोतका अनुसार ‘प्रतिबन्ध फुकुवा, मुद्दा लागेका २ हजार नेता/कार्यकर्ताको मुद्दा फिर्ता लिने, थुनामा रहेका डेढ सय जनामध्ये ज्यान मुद्दाबाहेककालाई रिहा गर्ने सहमति’ भइसकेको छ ।

‘अब हतियार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा मात्र टुंग्याउन बाँकी छ,’ स्रोतले भन्यो ।
विप्लव वार्ता टोलीमा उदय चलाउने ‘दीपक’ तथा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् ।

jackson ribon