birat ribon

तीन सातासम्म कोरोनाविरुद्धको खोप अभियान चलाइँदै

Neuro
तीन सातासम्म कोरोनाविरुद्धको खोप अभियान चलाइँदै

विराटनगर / नेपालमा अब लगभग तीन सातासम्म कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

cura insider

आगामी आइतबारदेखि अभियान सुरु हुने छ । दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको हो । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गएको माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । पहिलो चरणमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार सात सय पाँच जनाले खोप लगाएका थिए ।

हिजो (बुधबार) प्रतिनिधिसभाका सांसद र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

jackson ribon