birat ribon

सबै अदालतका काम कारबाही आज बन्द

Neuro
सबै अदालतका काम कारबाही आज बन्द

विराटनगर / मुलुकभरका सबै अदालतका सम्पूर्ण काम कारबाही आज (बिहीबार) बन्द रहने भएका छन् ।

cura insider

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द रहने भएका हुन् । सर्वोच्च अदालतको बुधवार बसेको आकस्मिक पूर्ण बैठकले शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीवार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।

सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०५२ साल असोज १० गते सर्वोच्चमा प्रधानन्यायाधीश बनेका हुन् । उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरे ।

jackson ribon