birat ribon

सीमा क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो

Neuro
सीमा क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो

विराटनगर / अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको भयानक सवारी दुर्घटनामा परेर कम्तीमा १३ जनाले ज्यान गुमाउनु परेको छ ।

cura insider

ट्याक्टर र ट्रेलर ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जना मेक्सिकन नागरिक हुन् ।
मेक्सिकोको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा दुर्घटना भएको हो। अमेरिकी अध्यागमन र भन्सार कार्यालयले उक्त दुर्घटनामा मानव तस्करी पनि थियो कि भनेर अनुसन्धान गरिरहेका छन्।

यस क्षेत्रबाट यसअघि मानव तस्करहरु पनि सक्रिय हुने भएकाले घटनाबारे गहन अनुसन्धानको अपेक्षा गरिएको छ। ६८ वर्षीय चालक भने दुर्घटनामा घाइते भइ अस्पताल भर्ना भएका छन् ।

jackson ribon