birat ribon

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ जनाको मृत्यु

Neuro
म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ जनाको मृत्यु

विराटनगर / म्यानमारमा सुरक्षाकर्मीले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ३८ जनाले ज्यान गुमाएका छन् ।

cura insider

सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि बर्बरतपूर्वक ढंगले सुरक्षाकर्मीले गोली चलाएका हुन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको बीबीसीले जनाएको छ ।

बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यानमारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यानमारका छिमेकीहरूले संयमता अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर पनि छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

कूपछि नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्। सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएपछि दैनिक हिंसा भइरहेको छ । उक्त चुनावमा सूचीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।

सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्।

सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ।
प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ।

गत आइतवारको हिंसामा १८ जना मारिएका थिए। निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यानमारको सेनाले सङ्कटकाल घोषणा गरेको छ। पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ।

jackson ribon