birat ribon

वार्ता चाँडै निस्कर्षमा पुर्याउने तयारी

Neuro
वार्ता चाँडै निस्कर्षमा पुर्याउने तयारी

विराटनगर / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सुरु भएको वार्ता चाँडै निस्कर्षमा पुर्याउने तयारी भइरहेको छ ।

cura insider

बुधबार दुई चरणमा वार्ता भएको थियो। दुई वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर सरकारले वार्ता गरेको हो। सरकारी वार्ता टोलीसँग बुधबार बिहान र साँझ गरी दुई चरण बस्दा पनि विप्लवका प्रतिनिधि सार्वजनिक भएका छैनन्।

दुवै पक्षका वार्ता टोलीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने समझदारी दोस्रो चरणको वार्ताका क्रममा जुटेको जनाइएको छ। सकभर फास्ट ट्र्याक विधिबाटै वार्तालाई परिणाममुखी बनाउने गरी छलफल केन्द्रित रहेको वार्ता टोलीका एक सदस्यले बताए। दुवै पक्षबीच विषय केन्द्रित रही समान धारणानजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon