birat ribon

भारतीय सुरक्षाकर्मीबाट सुनौलीमा कुटिइन नेपाली महिला

Neuro
भारतीय सुरक्षाकर्मीबाट सुनौलीमा कुटिइन नेपाली महिला

विराटनगर / भारतीय सुरक्षाकर्मीले सुनौली नाकामा सिद्धार्थनगर १ को सीमावर्ती बेलहियाकी ३९ वर्षीया हिरा आले गुप्तामाथि कुटपिट गरेका छन् ।

cura insider

नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुव्र्यवहार र कुटपिट गरिएपछि सुनौली नाकामा बुधबार तनाव भयो । भारतीय सुरक्षाकर्मीको ज्याजतीविरुद्ध सयौंको संखयामा उपस्थित स्थानीय नेपालीले बुधबार साँझ करिब ५ देखि ९ बजेसम्म दशगजा नजिक प्रदर्शन गरेका हुन् ।

गुप्ता आमासहित सामान किन्न सुनौली बजार जान लागेकी थिइन् । मूल नाकाबाट जान खोज्दा भीड देखेपछि अर्को बाटो जाँदा घटना भएको उनले बताइन् । ‘सामान्य भनाभनमा उनले मलाई झापड हानेर कपाल लुछ्न थालिन्’, गुप्ताले भनिन् । एसएसबीका सुरक्षाकर्मीले गुप्तालाई सिमानाबाट समातेर भारततर्फ लैजान लागेपछि नेपालतर्फका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले तानेर फिर्ता ल्याएका थिए ।

साढे सात बजेतिर दुवैतर्फका सुरक्षा अधिकारी र स्थानीयसहितको टोली छलफलमा बस्न लागेको बेला अज्ञात व्यक्तिले प्रहार गरेको ढुंगाले भारतीय नागरिकलाई लागेपछि बैठक स्थगित भएको थियो । जताबाट गल्ती भएपनि आ आफ्नोतर्फबाट महसुस गरी कारवाही गर्ने सर्तमा सहमति भएपछि नाका सञ्चालनमा रहेको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon