विराटनगर / अपराधिक पृष्ठभूमिका पूर्वमन्त्री एंव सांसद आफताव आलमलाई छुटाउन आफू लागिपर्ने अभिव्यक्ति दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय फेरि विवादमा तानिएका छन् ।
जिउँदै मान्छेलाई इँटा भट्टामा हालेर जलाएको गम्भीर अपराधमा आलम पक्राउ परेका हुन् । उनी राजबुर बमकाण्डको १२ वर्षपछि २०७६ असोज २६ मा इद्रिसको गेटबाट पक्राउ परेका थिए । रौतहटको गढीमाई नगरपालिकाको धरमपुर सिंगारवनमा विष्णुपुराण महायज्ञको बुधबार उद्घाटनका क्रममा देउवाले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको विवादस्पद अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष देउवाले आलमको रिहाइका लागि कोसिस जारी रहने पनि बताए ।उनले कार्यकर्तालाई धैरता राख्न अनुरोध गरे । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ को राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम बिस्फोटमा मान्छे मारेको आरोपमा पक्राउ परेका आलम हाल अदालतको आदेशमा पूपक्षका लागि नख्खु कारागारमा छन् ।
बिस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटाभट्टामा लगेर पोलेर मारेको आरोप आलममाथि छ । आलम रौतहटमा प्रभाजवशाली नेता मानिन्छन् । कान्तिपुर दैनिकमा समाचार छ