विराटनगर / नेपालमा सरकारी कर्मचारीसँगकै मिलेमतो र सेटिङमा आर्थिक अपराधका घटनामा वृद्धि भएर गएको पाइएको छ ।
कर्मचारीको मिलेमतोमा अर्बौ बराबरको अपराध भएको हो । ३३ महिनाको अवधिमा राजस्व छली गर्दै ४७ अर्ब ३३ करोड रुपैयाँ बराबरको आर्थिक अपराध गरेको पुष्टि भएको छ । राजस्व अनुसन्धान विभागले अपराधमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउने क्रम तीव्र पारेर लगेको छ ।
विभागले ३३ वर्षको अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ । त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि करको झुटो विवरण पेस गर्ने लगायतका कसुरमा करिब एक हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकमा समाचार छ