विराटनगर / नेपाल टेलिकम र स्पाइस नेपालले मोबाइलमा इन्टरनेट सेवा सुरु गरेपछि नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ ।
यो सङ्ख्यामा छ गुणाले वृद्धि भएको छ । गत चैत मसान्तसम्ममा इन्टरनेट जडान गर्नेको संख्या नौ लाख ४३ हजार दुई सय ३२ थियो । अघिल्लो वर्ष यो संख्या १ लाख ४८ हजार ८ सय ३३ मात्र थियो ।
स्पाइस नेपालको मोबाइलबाट इन्टरनेट चलाउनेहरू छ लाख ४६ हजार पुगेका छन् । नेपाल टेलिकमको प्रयोगकर्ताहरूमा यो संख्या दुई लाख छ हजार मात्रै छ । टेलिकम जीपीआरएस ग्राहक एक लाख तीन हजार छन् । आर्थिक अभियान दैनिकमा समाचार छ