birat ribon

बजेट अभाव हुँदा प्रदेश १ को मुख्यमन्त्री सडक योजना स्थगित

Neuro
बजेट अभाव हुँदा प्रदेश १ को मुख्यमन्त्री सडक योजना स्थगित

विराटनगर / बजेट अभावका कारण प्रदेश १ मा सञ्चालित ‘मुख्यमन्त्री ग्रामीण सडक’का सबै योजना चालू आर्थिक वर्षका लागि स्थगित गरिएका छन् ।

cura insider

बहुवर्षे, सालबसाली र उपभोक्ता समितिसमेतले गरेको कामको चार अर्ब रुपैयाँ भुक्तानी समेत हुन सकेको छैन । मुख्यमन्त्री ग्रामीण सडक पूर्वाधारको रूपमा प्रदेशभर ८६ योजना सञ्चालनमा थिए । आर्थिक वर्ष २०७५/२०७६ देखि सुरू भएका ती योजनामध्ये ४० प्रतिशत वित्तीय प्रगति भइसकेका ४६ योजना चालू आर्थिक वर्षमा भने स्थगित गरिएको हो ।

यी सडक पूर्वाधार योजना अन्तर्गत १२ किलोमिटर कालोपत्र, ५१ किलोमिटर ग्राभेल र एक सय ६५ किलोमिटर कच्ची निर्माण भइसकेको भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी एवं इन्जिनीयर ओमप्रकाश साहले जानकारी दिए । चालू आर्थिक वर्षका लागि बहुवर्षे योजना, सालबसाली, उपभोक्ता समिति समेतबाट निर्माण बढाइएका योजनाको मात्रै ४ अर्ब रुपैयाँ भुक्तानी सरेर आएको सूचना अधिकारी साहले बताए ।

मोरङ र सुनसरीलाई हेर्दै आएको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीका अनुसार बजेट अभावका कारण प्रदेश गौरवको योजना घिनाघाट–विराटचोक सडकबाहेक अन्य बहुवर्षे योजना अहिले प्रभावित बनेका छन् ।

दुई जिल्लामा २२ ओटा सडक, १२ ओटा पुल र ११ ओटा झोलुंगे पुल बहुवर्षे योजनामा थिए । यी योजनाको काम समेत प्रभावित भएको प्रमुख रेड्डीले जानकारी दिए । घिनाघाट–विराटचोकको २२ किलोमिटर सडक निर्माणबाहेक अन्य योजना अहिले प्राथमिकताबाट हटाइएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon