birat ribon

क्रिस्टलसँग युनाइटेडको बराबरी

Neuro
क्रिस्टलसँग युनाइटेडको बराबरी

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । बुधबार राति युनाइटेड क्रिस्टलको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो ।

cura insider

सेल्हर्स्ट पार्कमा दुवै टोलीले खेलको निर्धारित समय गोल गर्न सकेनन् । क्रिस्टलभन्दा केही राम्रो प्रदर्शन गरेपनि युनाइटेडले गोल भने गर्न सकेन ।

यस बराबरीसँगै दोस्रो स्थानको युनाइटेडले २७ खेलमा ५१ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १४ अङ्कले पछि छ । समान खेल खेलेको सिटीसँग ६५ अङ्क छ ।

क्रिस्टल भने ३४ अङ्कसहित १३औंँ स्थानमा छ ।

jackson ribon