birat ribon

आफ्नै मैदानमा मिलान बराबरीमा रोकियो

Neuro
आफ्नै मैदानमा मिलान बराबरीमा रोकियो

विराटनगर / इटालियन सिरी ‘ए’मा एसी मिलान बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा मिलान आफ्नै मैदानमा उडिनेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

cura insider

सान सिरोमा उडिनेसले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६८औँ मिनेटमा रोड्रिगो बेकाओले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए ।

खेलको इन्ज्युरी समयमा मिलानले पेनाल्टीको मौका पाएको थियो, जसमा फ्रान्क केस्सीइले मिलानलाई बराबरीमा फर्काए ।

यस बराबरीसँगै दोस्रो स्थानको मिलानले २५ खेलमा ५३ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा तीन अङ्कले पछि परेको छ । इन्टरले मिलानभन्दा एक खेल कम खेलेको छ ।

उडिनेस भने २९ अङ्कका साथ ११औँ स्थानमा छ ।

jackson ribon