birat ribon

पिएसजीको कठिन जित

Neuro
पिएसजीको कठिन जित

विराटनगर / साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित आत्मसाथ गरेको छ । बुधबार राति भएको खेलमा पिएसजीले बोर्डेअक्सलाई उसैको मैदानमा १–० गोलले हराएको हो ।

cura insider

पिएसजीको जितमा एक मात्र गोल पाब्लो सराबियाले गरे । खेलको २०औँ मिनेटमा उनले गरेको गोल नै चोटका कारण समस्यामा रहेको पिएसजीका लागि निर्णायक बन्यो ।

यस खेलमा उसका स्टार खेलाडीहरू नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारिया, मोइसे किन, मार्को भेराट्टी, एलेसान्द्रो फ्लोरेन्जी र जुआन बर्नाट थिएनन् ।

प्रतिबन्धका कारण एम्बाप्पेले उक्त खेल गुमाएका थिए भने कोरोना सङ्क्रमणका कारण किनले र चोटका कारण नेयमार, डी मारिया, भेराट्टी, फ्लोरेन्जी र बर्नाटले बोर्डेअक्ससँगको खेल गुमाएका थिए ।

जितसँगै दोस्रो स्थानकाे पिएसजीले २८ खेलमा ६० अङ्क जोडेकाे छ । पिएसजी शीर्ष स्थानकाे लिलेभन्दा दुई अङ्कले पछि रहेकाे छ । पराजित बोर्डेअक्स भने ३३ अङ्कका साथ १५औँ स्थानमा छ ।

jackson ribon