birat ribon

ब्राजिलमा तीव्र रुपमा फैलँदै कोरोना

Neuro
ब्राजिलमा तीव्र रुपमा फैलँदै कोरोना

विराटनगर / पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । नियन्त्रणका प्रयास प्रभावकारी नहुँदा दैनिक भेटिने सङ्क्रमितको संङ्ख्या उच्च छ ।

cura insider

अन्य मुलुकको तुलनामा ब्राजिलमा दैनिक सङ्क्रमित भेटिने क्रम उच्च रहेको हो । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । अमेरिका पहिलो नम्बरमा छ । तर पछिल्लो समय अमेरिका लगायतका अन्य मुलुकभन्दा ब्राजिलमा सङ्क्रमित बढी भेटिन थालेका हुन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामाभन्दा १५ हजार नौ सय बढी कोरोना सङ्क्रमित ब्राजिलमा भेटिएका छन् । ब्राजिलमा एकै दिन ७४ हजार तीन सय ७६ नयाँ सङ्क्रमित थपिए । अमेरिकामा ५८ हजार चार सय ६९ नयाँ बिरामी भेटिए ।

ब्राजिलमा नयाँ भेटिएकासहित सङ्क्रमित सङ्ख्या एक करोड सात लाख २२ हजार दुई सय २१ पुगेको छ । कोरोनाका कारण एकै दिन एक हजार आठ सय ४० जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख ५९ हजार चार सय दुई पुगेको छ ।

सङ्क्रमितमध्ये ९५ लाख ९१ हजार पाँच सय ९० जना उपचारपछि निको भएका छन् । आठ लाख ७१ हजार दुई सय २९ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा नयाँ थपिएकासहित सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख ४७ हजार ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ९७ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख ३१ हजार चार सय १९ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ९९ लाख ९७ हजार नौ सय ८३ जना सफल उपचारपछि कोरोनामुक्त हुँदै घर फर्किएका छन् । ८९ लाख १७ हजार छ सय ७४ जना उपचाररत रहेकोमा १४ हजार चार सय चार जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन १७ हजार चार सय २५ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ११ लाख ५६ हजार सात सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८६ जना कोरोना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या एक लाख ५७ हजार चार सय ७१ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड आठ लाख २४ हजार दुई सय ३३ पुगेको छ । एक लाख ७५ हजार ४४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था नाजुक छ । छिमेकी मुलुक भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा पछिल्लो २४ घण्टामा चार लाख १८ हजार ९६ नयाँ सङ्क्रमित थपिए । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड ५७ लाख ३० हजार छ सय ३२ पुगेको छ । एकै दिन १० हजार दुई सय ३० जना सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म विश्वमा कोरोनाका कारण २५ लाख ७० हजार एक सय ८३ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा जम्मा सङ्क्रमितमध्ये नौ करोड १४ लाख ४० हजार तीन सय ७७ जना उपचारपछि निको भएका छन् । दुई करोड १७ लाख २० हजार ७२ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ९० हजार ६२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै खराब छ ।

jackson ribon