birat ribon

कमला ह्यारिस र अष्ट्रेलियन प्रधानमन्त्रीबीच छलफल, म्यानमारको विषयमा कुराकानी

Neuro
कमला ह्यारिस र अष्ट्रेलियन प्रधानमन्त्रीबीच छलफल, म्यानमारको विषयमा कुराकानी

विराटनगर / अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबीच छलफल भएको छ । बुधबार उनीहरूबीच आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ ।

cura insider

अमेरिकी राष्ट्रपतिको कार्यालयले वक्तव्यमा जारी गर्दै उपराष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच छलफल भएको जनाएको छ । दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिएको वक्तव्यमा उल्लेख छ ।

‘उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तन, चीन र बर्मासँगै अन्य धेरै विषयमा छलफल गर्नुभएको छ,’ वक्तव्यमा लेखिएको छ ।

उनहरूले इन्डो प्यासिफिक क्षेत्रका बीचमा बलियो एकता र थप सहकार्यका बारेमा पनि विचारविमर्स गरेको अधिकारीहरूले जनाएका छन् ।

jackson ribon