birat ribon

बार्सिलोनासँगको खेलअघि पिएसजीलाई अर्को समस्या

Neuro
बार्सिलोनासँगको खेलअघि पिएसजीलाई अर्को समस्या

विराटनगर / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) चोटका कारण समस्यामा छ । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेलअघि उसका स्टार खेलाडीहरू नेयमार, एन्जल डी मारिया, मार्को भेराट्टी, एलेसान्द्रो फ्लोरेन्जी र जुआन बर्नाटलगायत टोली घाइते भई मैदानबाहिर छन् ।

अन्तिम १६ को दोस्रो लेगको खेल पिएसजीको मैदानमा हुँदैछ । क्याप नोउमा ४–१ गोलको शानदार जित निकालेका कारण पिएसजी यस खेलमा सहज अवस्थामा रहनेछ । त्यैपनि खेलाडीका चोटका कारण समस्यामा रहेको पिएसजीलाई कठिन हुने देखिएको छ ।

cura insider

यस्तैमा पिएसजीका अर्का एक खेलाडीले बार्सिलोनासँगको खेल गुमाउने सम्भावना देखिएको छ । फरवार्ड मोइसे किनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै उनले बार्सिलोनासँगको खेल गुमाउने सम्भावना देखिएको हो ।

किनलाई बुधबार कोरोना पुष्टि भएको हो । लिग वानअन्तर्गत बोर्डेअक्सविरुद्धको खेलअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको पिएसजीले जनाएको छ । कोरोना सङ्क्रमण भएसँगै उनी सेल्फ आइसोलेसनमा छन् ।

तथापि, यसै खेलबाट नेयमार मैदान फर्किने सम्भावना छ । चोटका कारण पहिलो लेगको खेल गुमाएका नेयमारले दोस्रो लेगको खेलमा पूर्वक्लब बार्सिलोनाविरुद्ध खेल्न सक्ने देखिएको छ ।

पिएसजीले आज राति लिग वानअन्तर्गत बोर्डेअक्ससँग खेल्दैछ । जहाँ प्रतिबन्धका कारण किलियन एम्बाप्पे हुने छैनन् भने चोटका कारण नेयमार, डी मारिया, भेराट्टी, फ्लोरेन्जी र बर्नाट हुनछैनन् ।

jackson ribon