birat ribon

यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि भारतका एक मन्त्रीले दिए राजीनामा

Neuro
यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि भारतका एक मन्त्रीले दिए राजीनामा

विराटनगर / आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले पदबाट राजीनामा दिएका छन् । जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

cura insider

उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् । उनको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन् ।

jackson ribon