काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको एक वर्षको खाना, उपचारलगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् ।
नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रमअन्र्तगत एउटा गैँडाको वर्षभरिको सम्पूर्ण खर्चको जिम्मा लिएका हुन् ।
आफूले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैँडाको खानाबराबर श्रीमती राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाए ।
उनले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिए । बूढाबूढी अशक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उनले बताए ।