विराटनगर / युभेन्टसले मिडफिल्डर वेस्टन एमसीकेनीलाई स्थायी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । लोनमा साल्केबाट इटाली आएका २२ वर्षीय वेस्टनलाई स्थायी रूपमा अनुबन्ध गरेको हो ।
युभेन्टसले उनीसँग २०२५ सम्मको सम्झौता गरेको छ । उनीसँग १८.५ मिलियन युरोमा सहमति भएको युभेन्टसले जनाएको छ । उनले यस सिजन युभेन्टसका लागि ३१ खेल खेल्दा पाँच गोल र दुई असिस्ट गरेका छन्