birat ribon

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

Neuro
छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

विराटनगर / पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

cura insider

बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले यस्तो आग्रह गरेका हुन् ।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरूको यो प्रतिक्रिया आएको छ । आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरूले अनुरोध गरेका हुन् ।

jackson ribon