birat ribon

ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

Neuro
ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

भरतपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् ।

cura insider

बुधबार भरतपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘त्यही भएर अब अरू दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।’ उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे ।

उनले भने, ‘दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ । आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।’

jackson ribon