birat ribon

केन्द्रको विवाद मिलेपछि प्रदेशमा अविश्वासको छिनोफानो

Neuro
केन्द्रको विवाद मिलेपछि प्रदेशमा अविश्वासको छिनोफानो

विराटनगर / प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले केन्द्रको राजनीतिमा देखिएको अन्योल समाधान भएपछि मात्रै प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल गराउने भएका छन् ।

cura insider

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर केन्द्रको विवाद मिलेपछि मात्रै छलफल गराउनेगरी चैत २ गते बैठक आह्वान गरेका हुन् ।

९ फागुनमा संसद्मा टेबल भएको अविश्वासको प्रस्तावमाथि बिहीबारबाट छलफल अघि बढाउने तयारी थियो । तर बुधबार बैठक ११ दिनका लागि स्थगित भएको सूचना टाँसियो । संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रदेशसभाको बैठक चैत २ गते १२ः३० बजे बस्नेछ ।
सभामुख पछि हटेपछि केन्द्रको विवाद सामधान भएपछि मात्रै प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

सर्बाेच्च अदालतको परमादेशपछि प्रतिनिधिसभा बैठक २३ फागुनका लागि बोलाइएको छ । केन्द्रको राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव प्रदेशमा पर्ने भएकाले सभामुखले चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

‘यो अवधिमा पार्टी विभाजनले वैधानिकता पाउला, केन्द्रमा देखिएको अन्योल पनि एउटा कोर्स पुग्छ,’ सभामुख निकट स्रोतले भन्यो, ‘केन्द्रमा टुङ्गो लागेपछि प्रदेशमा छलफल गर्न पनि सजिलो हुनेछ ।’

सभामुख भण्डारीले सरकार पक्षलाई सहज हुनेगरी बैठक स्थगित गरेपछि प्रतिपक्षी दल भने असन्तुष्ट छ ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्की सरकारले सदनलाई प्रभावित पारेको बताउँछन् । ‘कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै निकाय हुन्, हिजो व्यवस्थापिकाको भूमिकालाई हामीले प्रशंसा गरेका थियौँ,’ कार्की भन्छन्, ‘सदनलाई अनिर्णयको बन्दी बनाउने खेल हुँदैछ, यसलाई नेपाली काङ्ग्रेसले गम्भीर रूपमा लिएको छ ।’

प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बो प्रदेशसभालाई सरकारले छल्नका लागि अनेक प्रयास गरिरहेको बताउँछन् । बुधबारबाट अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्ने अवस्थामा सरकारकै दबाबमा सभामुखले बैठक स्थगित गरेको उनको आरोप छ ।

नेकपा विभाजनपछि गत पुस १२ गते प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सोही दिन सरकारले ७ माघका लागि बैठक आह्वान गर्याे ।
नेकपा विभाजनको असर संसदभित्र देखियो । अवरोधका बाबजुद संसद् सचिवालयमा दर्ता भएको ५६ दिनपछि फागुन ९ गते बैठकमा अविश्वासको प्रस्ताव टेबल भयो ।

अविश्वासको प्रस्ताव टेबल गर्दा सत्तापक्षले भने बैठक नै बहिष्कार गरेको थियो । सरकारले अघोषित बहिष्कार गरेपछि सभामुखले प्रस्ताव टेबल गरेर २० फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए । तर बैठकको अघिल्लो दिन बुधबार सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरे । अब बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुनेछ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७, काङ्ग्रेसका २१, समाजवादी पार्टीका तीन, राप्रपा र संयुक्त लोकतान्त्रिक मञ्चका एक–एक जना सदस्य छन् ।

jackson ribon