birat ribon

काङ्ग्रेस पर्ख र हेरको नीतिमा : नेता महत

Neuro
काङ्ग्रेस पर्ख र हेरको नीतिमा : नेता महत

काठमाडौँ / नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले काङ्ग्रेस पर्ख र हेरको नीतिमा रहेको उल्लेख गरेका छन् । बुधबार नेपाली काङ्ग्रेस ओखलढुङ्गाले स्वर्गीय नेता मित्रसेन दाहालको १३औँ पुण्यतिथिमा काठमाडौँमा बुधबार गरेको श्रद्धाञ्जलीसभामा सह–महामन्त्री महतले यस्तो बताएका हुन् ।

cura insider

‘अहिले नेपाली काङ्ग्रेस पार्टीचाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपि धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसद्को बैठक छ । बैठकको पहिलै दिन सबै टुङ्गिने पनि होइन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुई वटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली काङ्ग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसियर फलानोसँग समीकरण गर्ने भन्यौँ भने त्यो अपरिपक्व हुन्छ,’ उनले भने ।

यसैगरी उनले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताए । कम्युनिष्ट घटकको नेतृत्वमा काङ्ग्रेस सरकारमा जाननहुने बताउँदै उनले तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए काङ्ग्रेसले लिनुपर्ने बताए । उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताए ।

jackson ribon