birat ribon

यी हुन् बच्चामा दाँत ढिलो आउनुका कारण

Neuro
यी हुन् बच्चामा दाँत ढिलो आउनुका कारण

विराटनगर / बच्चा जन्मिँदा नै उनीहरूको दाँत गिजामुनि हुने गर्छ । पहिलो दाँत सामान्यतया बच्चा महिनाको भएपछि आउन थाल्छ ।

cura insider

सबै बालबालिकाको पहिलो दाँत आउने समय एउटै हँुदैन । कोही बालबालिकाको छिटो आउँछ भने कोही बालबालिकाको ढिलो दाँत आउन सक्छ । तीन वर्षको उमेरमा धेरैजसो बच्चामा २० वटा दाँतको पूर्ण सेट आइसकेको हुन्छ ।

सानो उमेरमा दाँत उम्रेको बालबालिकासँग तुलना गर्दा केही बच्चाको दाँत नआउनुका पनि धेरै स्वास्थ्य समस्याको कारणले हुन सक्छ । यी विभिन्न कारणले बच्चाहरूमा दाँत ढिला उम्रने हुन सक्छ ।

वंशाणुगत कारण (परिवारका अन्य सदस्यमा पनि ढिलो दाँत आएको थियो भने बच्चामा पनि हुने सम्भावना उच्च हुन्छ) ।

यसका अन्य कारणमा समयअगावै शिशु जन्मनु, जन्मिँदा कम तौल हुनु, केही आनुवाशिंक कारण, कुपोषणका लक्षण, भिटामिन डि र क्याल्सियमको कमी, थाइराइड र अन्य हर्मोनको समस्या, डाउन्स सिन्ड्रम, मानसिक समस्या आदि हुन् ।

बच्चाले औसतभन्दा बढी दाँत आउने समय लिइरहेको छ तर अन्य स्वास्थ्य छैनन् भने, चिन्ता लिनुपर्ने हँुदैन । तर, यदि १८ महिनाको उमेरमा पुग्दासमेत बच्चाको कुनै दाँत आएको छैन भने, चिकित्सककोमा जानुपर्ने हुन्छ ।

jackson ribon