birat ribon

रोटरी क्लब विराटनगरले शनिबार साइकल प्रतियोगिता गर्दै

Neuro
रोटरी क्लब विराटनगरले शनिबार साइकल प्रतियोगिता गर्दै

विराटनगर / शिक्षकहरूलाई तालिम दिने र शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ विराटनगर फ्युजनले आउँदो शनिबार ‘साइक्लोथोन–२.०’ (साइकल प्रतियोगिता) आयोजना गर्ने भएको छ ।

cura insider

क्लबले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा १४ वर्षमाथिका महिला–पुरुष सबैले भाग लिन पाउने जनाएको छ । शनिबार बिहान ६ बजे मारवाडी सेवा सदनबाट सुरु हुने साइकल प्रतियोगितामा बुधनगर एकीकृत जाँच चौकीलगायत विभिन्न ठाउँको यात्रा गरी सदनकै कार्यालयमा आएपछि पूरा हुनेछ ।

यो यात्राको दूरी जम्मा २० किलोमिटर हुने जनाइएको छ । गियर र ननगियर गरेर दुईखाले साइकल प्रतियोगिता हुने जनाइएको छ ।

दुवै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार १० हजार र पाँच हजार नगद प्राप्त गर्नेछन् ।

‘पेडल फर एजुकेसन’ नारा दिइएको प्रतियोगिता सामाजिक सेवाभावले आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगिता आयोजनाबाट प्राप्त रकमलाई विद्यालयका भौतिक संरचना निर्माण, सिकाइ प्रवद्र्धन तथा विद्यालयको वातारवणलगायतमा खर्च गरिने जनाइएको छ ।

jackson ribon