birat ribon

काङ्ग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

Neuro
काङ्ग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौँ / नेपाली काङ्ग्रेस पार्टीको संसदीय दल बैठक शुक्रबार बस्ने भएको छ । बैठक यही फागुन २१ गते दिउँसो १ बजे सङ्घीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने काङ्ग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

cura insider

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । रासस

jackson ribon