birat ribon

नेयमारले बार्सिलोनाविरुद्ध खेल्न सक्ने

Neuro
नेयमारले बार्सिलोनाविरुद्ध खेल्न सक्ने

विराटनगर / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) चोटका कारण समस्यामा छ । उसका स्टार खेलाडीहरू नेयमार, एन्जल डी मारिया, मार्को भेराट्टी, एलेसान्द्रो फ्लोरेन्जी र जुआन बर्नाटलगायत टोली घाइते भई मैदानबाहिर छन् ।

cura insider

यसैबीचमा पिएसजीले च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनासँग खेल्दैछ । अन्तिम १६ को दोस्रो लेगको खेल पिएसजीको मैदानमा हुँदैछ । क्याप नोउमा ४–१ गोलको शानदार जित निकालेका कारण पिएसजी यस खेलमा सहज अवस्थामा रहनेछ ।

त्यैपनि खेलाडीका चोटका कारण समस्यामा रहेको पिएसजीलाई कठिन हुने देखिएको छ । तथापि, यसै खेलबाट नेयमार मैदान फर्किने सम्भावना छ । चोटका कारण पहिलो लेगको खेल गुमाएका नेयमारले दोस्रो लेगको खेलमा पूर्वक्लब बार्सिलोनाविरुद्ध खेल्न सक्ने देखिएको छ ।

नेयमार चोटमुक्त भइ प्रशिक्षणमा फर्किसकेका छन् र पिएसजीले पनि नेयमार १० मार्चमा हुने बार्सिलोनाविरुद्धको खेलमा उपस्थित हुनसक्ने जनाएको छ ।

पिएसजीले मेडिकल रिपोर्ट जारी गर्दै भनेको छ, ‘नेयमार व्यक्तिगत रूपमा प्रशिक्षण मैदान फर्किसकेका छन् र टोलीसँग पनि अभ्यास गरेका छन् । अब एक सातापछि उनी खेल मैदान फर्किनसक्ने सम्भावना छ ।’

पिएसजीले आज राति लिग वानअन्तर्गत बोर्डेअक्ससँग खेल्दैछ । जहाँ प्रतिबन्धका कारण किलियन एम्बाप्पे हुने छैनन् भने चोटका कारण नेयमार, डी मारिया, भेराट्टी, फ्लोरेन्जी र बर्नाट हुनछैनन् ।

jackson ribon