birat ribon

निस्क्रियताका कारण सुगर र प्रेसर बढ्ने

Neuro
निस्क्रियताका कारण सुगर र प्रेसर बढ्ने

विराटनगर / घरभित्र अत्यधिक सयम बिताउने, धेरै सक्रिय नरहने, शारीरिक गतिविधि नगर्ने तथा खानपानमा ध्यान नदिएका कारण मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), थाइराइड रोगको जोखिम बढ्ने हुन्छ ।

cura insider

सुगर र प्रेसर एक दीर्घकालीन स्वास्थ्य समस्या हो । जुन वंशाणुगत कारण, मोटोपनाको समस्या भएका, शारीरिक रुपले निस्क्रिय रहेका, अत्यधिक गुलियो, नुनिलो, चिल्लो र कार्बोहाइड्रेटयुक्त खाना खाने मानिसमा सुगर र प्रेसरको जोखिम अन्यको तुलनामा धेरै हुने गरेको कोसी अस्पतालमा कार्यरत फिजिसियन डा. दिनेश न्यौपाने बताउँछन् ।

सुगर र प्रेसरलाई पूर्ण रूपमा निको पार्न नसके पनि रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । रिँगटा लाग्ने, पटक–पटक पिसाब लाग्ने, बढी तिर्खा लाग्ने जस्ता सामान्य लक्षण देखा परे प्रेसर वा सुगरको समस्या भएको सङ्केत हुनसक्छ । लक्षण देखापर्नासाथ अस्पताल आएका बिरामीले समयमा उपचार पाउनुका साथै रोगलाई छिट्टै नियन्त्रणमा राख्न सक्छन् ।

तर, धेरैजसो मानिसले यी समस्यालाई समान्य सोची बेवास्ता गर्छन् जसकारण अन्य जटिल समस्या भई अस्पताल आएका बिरामीमा जाँच गरेर हेर्दा सुगर तथा प्रेसर बढेको पाइन्छ । सामान्य समस्या सोचेर सुगर र प्रेसरलाई बेवास्ता गरेमा समयसँगै बिस्तारै यसले आँखा, मृगौला, मुटु, नसा, दिमागलगायत शरीरका महत्त्वपूर्ण अङ्गहरूमा आक्रमण गर्छ ।

यदि एकै व्यक्तिलाई सुगर र प्रेसर दुबै रोग भएमा स्वास्थ्यमा विभिन्न समस्या आउने वा स्वास्थ्य छिटै बिग्रने सम्भावना पनि धेरै हुन्छ । उचित सन्तुलित आहार, व्यायाम, शारीरिक रुपमा सक्रिय रही, गुलियो, नुनिलो खान छोडी सुगर र प्रेसर रोग हुनबाट रोकथाम गर्न वा भइहाले पनि नियन्त्रण गर्न सकिन्छ । रक्सी–चुरोटका कारण पनि सुगर तथा प्रेसर बढ्ने हुँदा यस्ता कुराबाट सक्दो टाढा रहनु नै उचित हुन्छ ।

सुगर र प्रेसर रोग भएका बिरामीले डाक्टरको परामर्श लिएर औषधिको सेवन गर्नुपर्ने हुन्छ । सुगर र प्रेसरलाई नियन्त्रणमा राख्नका लागि औषधिको सेवन लामो समयसम्म वा जीवनभर गर्नुपर्ने हुन्छ । त्यसैले आफूले खाइरहेको औषधिले सुगर वा प्रेसर नियन्त्रणमा राखेको छ–छैन भनेर निगरानी गरिरहनु पर्छ । बिरामीले प्रेसर र सुगरको नियमित जाँच गराउनुका साथै कुनै पनि समस्या नभए पनि हरेक छ महिनामा मृगौला, मुटु, आँखाको जाँच गराउनु पर्ने हुन्छ ।

jackson ribon