birat ribon

पेटको अल्सर : कारण र लक्षण

Neuro
पेटको अल्सर : कारण र लक्षण

विराटनगर / पेटको अल्सर वा ग्यास्ट्रिक अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ ।

cura insider

पेटको अल्सर पेप्टिक अल्सर रोगको एक प्रकार हो । पेप्टिक अल्सरले दुबै पेट र साना आन्द्राहरूलाई असर गर्छ । पाचन रस (खाना पचाउने एसिड)बाट पेटलाई बचाउने बाक्लो तत्वको तह कम हुँदा यसले पेटको भित्तामा हुने टिस्युमा क्षति निम्त्याएमा अल्सर हुने गर्छ । पेटको अल्सर सामान्य उपचारले निको हुन सक्छन्, तर लापरवाही र उचित उपचारविना यसले गम्भीर समस्या उत्पन्न गराउन सक्छ ।

हेलोकोव्याक्टर पाइलोरी नामक ब्याक्टेरियाबाट सङ्क्रमण भएमा तथा अत्यधिक स्टेराइडको प्रयोग, दुखाइ कम गर्ने औषधिको लामो समयसम्म प्रयोग गर्नाला, आणुवांशिक कारण, तनाव तथा खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । पेटको अल्सरसँग सम्बन्धित धेरै लक्षणहरू छन् । लक्षणको गम्भीरतामा अल्सरको गम्भीरतामा निर्भर गर्छ ।

पेट पोल्ने वा नाइटो र छातीको बीचमा पेट दुखाइ हुने पेटको अल्सरको सबैभन्दा सामान्य लक्षण हो । सामान्यतया, पेट खाली हुँदा दुखाइ अधिक तीव्र हुन्छ जुन केही मिनेटदेखि केही घण्टासम्म रहन सक्छ । अल्सरका अन्य सामान्य लक्षण :

– पेटमा दुखाइ
– तौल घट्ने
– पेट दुखाइको कारण खान मन लाग्दैन
– वाकवाकी लाग्ने वा बान्ता हुने
– पेट फुल्ने
– थोरै खाँदा पनि पेट भरिएको महसुस हुने
– ढ्याउ तथा अमिलो पानी आउने
– छाती तथा पेट पोलिरहने
– दुखाइ जुन खाँदा, पिउँदा वा एन्ट्यासिड लिँदा सुधार हुन सक्दछ
– एनेमिया हुने, जसको लक्षणमा थकान, सास फेर्न गाह्रो हुने वा अनुहारमा रङ नभएको जस्तो हुन सक्छ
– गाढा रङको वा कालो दिसा
– बान्ता हुँदा रगत देखिने

पेटको अल्सर हुनसक्ने कुनै पनि लक्षण देखिएमा तत्काल डाक्टरको जानु पर्छ । यसले निम्त्याउने असुविधा हल्का हुने हुँदा समस्याको समयमा उपचार नगरे अल्सर खराब हुन सक्छ । अल्सरबाट हुने रक्तश्रावले जीवनलाई जोखिममा समेत पार्न सक्छ । अल्सरको कारणमा र गम्भीरताको आधारमा उपचार भिन्न हुन्छ ।

धेरैजसो अल्सर औषधिको सेवनबाट उपचार गर्न सकिन्छ, तर गम्भीर अवस्थामा पुगेका अल्सरको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

jackson ribon