birat ribon

सांसद खरिद–बिक्री लगानीको उर्बर क्षेत्र

Neuro
सांसद खरिद–बिक्री लगानीको उर्बर क्षेत्र

कन्टिर–बाबू कहिलेकाहीँ सोच्द–सोच्दै हैरान हुन्छन् तर समाधान भने हात लागि शून्यको अवस्थामा हुन्छ । संसद् पुनःस्थापना नहुँदासम्म उनलाई यसकै चिन्ता थियो । अहिले संसद् पुनःस्थापना भइसकेपछि उनलाई संसदमार्फत हुने लोकतन्त्रको संस्थागत विकासको हविगत अब के होला भन्ने पिरलो छ ।

अब अहिलेकै कुरा हेरौँ, संसदमा ओल्बाले विश्वासको मत लिनुपर्ने सम्भावना जति–जति बढ्दै छ सांसद खरिद फरोख्तको सम्भावना पनि उतिउति देख्दै छन् कन्टिर–बाबू ।

cura insider

एक–दुई जनाले त कन्टिर–बाबूलाई फोन गरेरै फलानो सांसदसँग तपाईको राम्रो उठबस रहेछ, कृपया उनले आफ्नो मूल्य कति राखेका रहेछन्, पत्ता लाएर हामीलाई भनिदिनुपर्‍यो, सहयोग गरिदिनुपर्‍यो भनेका छन् ।

भनिन्छ, संसारमा भएका हरेक चिज बिक्रीमा छन्, मात्र तिनको मूल्य कति हो भन्ने प्रश्न अहम् हो । त्यसबाहेक क्रेता र बिक्रेतामा निहित खरिद–बिक्रीसम्बन्धी ज्ञान र सिपमा धेरै कुरो निर्भर हुन्छ । त्यसो त कन्टिर–बाबूलाई अर्थ–विज्ञानसम्बन्धी ज्ञान उति राम्रो नहुँदा उनी बुझ्नेले जे भन्यो त्यो होला सर्व–सम्मत भन्ने पक्षमा छन् ।

अन्तभन्दा संसदीय क्षेत्रमा लगानी गर्दा बढी फाइदा हुने कुरा आएपछि कन्टिर–बाबूले अन्य क्षेत्रमा लगानी गर्ने योजना परिवर्तन गर्ने भएका छन् । उनी अब कार्यकारी प्रमुखद्वारा हालसाल भाउ बढाइएका सांसदमा च्याँखे लगानी गर्ने दाउमा छन् ।

अहिले देशमा सांसद खरिद–बिक्रीसम्बन्धी चर्चा खुब चुलिएको छ । त्यही मेसोमा कसैले कन्टिर–बाबूलाई सोधे, के संसाद भनेका खसी–बाख्रा हुन्, जसको खरिद–बिक्रीको कुरा तपाईहरू गर्दै हुनुहुन्छ ? विचरा के बोलुन्, प्रश्नको जबाफ उनीसँग भए पो बोल्नु !

कन्टिर–बाबूलाई लाग्छ, हाम्रा घघडान अगुवाहरू गिप्रको, शेबदेहरूका पालामा सांसद खरिद–बिक्री प्रकरण उत्कर्षमा पुगेको नजिर थाहा पाएका आधारमा उनले त्यस्तो प्रश्न गरेका होलान् ।

कन्टिर–बाबूलाई लागिरहेको छ, ओल्बा सरकारको पालामा अरू केही नभए पनि देशमा लगानीमैत्री वातावरण चाहिँ राम्रै बनेको रहेछ । देशका कार्यकारी प्रमुख स्वयमले नै ‘अब सांसदको किनबेच सुरु हुन्छ, मूल्य बढ्छ,’ भनेर उद्घोष गरेपछि दुनियाँले बुझ्ने कुरा त्यही हो, कन्टिर–बाबूले मात्र कसरी नपत्याउनु ?

कन्टिर–बाबू लामो समयदेखि वैधानिक बाटोबाट दुई–चार पैसा राम्रै आम्दानी गरौँ भन्ने सोचिरहेका थिए । यसका लागि उनलाई साथीहरू कि जग्गामा कि विद्युत्, बैङ्क, होटल आदिको सेयरमा लगानी गर्नु राम्रो हुन्छ भन्ने सुझाएका थिए ।

तर साथीहरूको सल्लाह भन्दा देशको कार्यकारी ठाउँबाट व्यक्त भएको प्रतिबद्धता कन्टिर–बाबूलाई सही लागेको छ । अन्तभन्दा संसदीय क्षेत्रमा लगानी गर्दा बढी फाइदा हुने कुरा आएपछि कन्टिर–बाबूले अन्य क्षेत्रमा लगानी गर्ने योजना परिवर्तन गर्ने भएका छन् । उनी अब कार्यकारी प्रमुखद्वारा हालसाल भाउ बढाइएका सांसदमा च्याँखे लगानी गर्ने दाउमा छन् ।

कन्टिर–बाबू ओल्बाले भने जस्तो सांसदमा लगानी गरेर झ्यापै कमाउने सोचमा छन् । उनी अरू क्षेत्रमा फसेर जोखिम उठाउने मुडमा छैनन् । आखिर संसदीय व्यवस्था रहुन्जेल सांसद खरिद–बिक्री र भाउ बढाबढ प्रक्रिया जारी रहने रहेछ । यस्तो कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न छोडेर अन्य क्षेत्रका बारेमा किन सोच्नु ?

सेयर बजारमा अन्य क्षेत्रको भाउ घटिरहेका बेला सांसदमा गरिएको लगानी खेर नजाला भन्नेमा कन्टिर–बाबू ढुक्क छन् ।

jackson ribon