birat ribon

घाँटी दुख्ने समस्या हुन नदिन यी खानाबाट जोगिनुपर्ने

Neuro
घाँटी दुख्ने समस्या हुन नदिन यी खानाबाट जोगिनुपर्ने

विराटनगर / मौसम परिवर्तन हुँदैछ र यस मौसममा अधिकांशमा देखिने सबैभन्दा सामान्य समस्या भनेको घाँटी दुखाइ हो ।

यो एक सामान्य ब्याक्टेरिया वा भाइरसका कारण हुने रोग हो जुन दुईदेखि तीन दिन वा सोभन्दा पनि बढीसम्म रहन्छ । घाँटी दुखाइको समस्याले खाने, पिउने वा कुरा गर्ने क्षमतालाई असर गर्छ । घाँटी दुख्दा निश्चित मात्रामा जलन हुने, चिलाउने, जसकारण खोकी लाग्ने हुनसक्छ । दुखाइ र जलन कम गर्ने धेरै घरेलु उपचारहरू छन् ।

cura insider

साथै, यस मौसममा वा घाँटीको दुखाइ भइरहेको बेलामा केही खाद्य पदार्थहरूबाट जोगिन सकिए घाँटी दुख्ने समस्या नहुने वा भए पनि लामो समयसम्म नरहने हुन्छ । घाँटी दुखाइबाट पीडित हुँदा दहीको सेवन गर्नु हुँदैन । दहीले खोकीलाई बिगारेर कफलाई गाढा बनाउने काम गर्छ । पनीर वा चिज क्याल्सियम, भिटामिन र खनिजमा धनी भए पनि घाँटी दुख्ने बेलामा यसको सेवन गर्नु राम्रो हुँदैन । यसले खकारलाई बिगार्न र घाँटीमा जलन बढाउन सक्छ ।

घाँटी दुखाइबाट पीडित हुँदा सुन्तला, कागतीलगायतका अमिलो फलको सेवन गर्नु हुँदैन । यी फलको सेवनले घाँटीमा जलन निम्त्याई एलर्जी र चिलाउने समस्या हुनसक्छ । फ्राइड खाना पचाउन गाह्रो हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता कम गर्छ र भाइरसविरूद्ध लड्ने शरीरको क्षमतालाई सुस्त पार्छ । साथै, उच्च तेलमा पकाइएको खानाले जलन निम्त्याई घाँटी चिलाउने हुनसक्छ ।

प्याकेज गरिएको जुस कृत्रिम रङ र चिनीले भरिएको हुन्छ, जसले इन्फ्लामेसन (सुन्निने समस्या) निम्त्याउन सक्छ । साथै, यसमा भएको फिज सामग्रीले पेटमा एसिडको मात्रा बढाएर एसिड रिफ्लक्स निम्त्याउन सक्छ । इम्ली, इम्लीको पाउडर वा इम्ली भएको खाना, आमचुर पाउडरको सेवनले पनि घाँटीको दुखाइलाई बढावा दिन सक्छ । यी खानाले घाँटीमा एलर्जी गराउन सक्छ जसले जलन र दुखाइ निम्त्याउँछ ।

jackson ribon