birat ribon

रुसी अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

Neuro
रुसी अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

विराटनगर / आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

cura insider

रुसमाथि विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास गरेको आरोप छ । यही विषयलाई लिएर क्रुद्ध बनेको अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । जसमा रुसका शीर्ष गुप्तचरसहित अमेरिकाको निशानामा परेका छन् ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पती फ्रिज हुने छ ।

युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ । नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा विष भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको दाबी गरिएको छ ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । नाभाल्नीमाथि भएको आक्रमणले रुसले रसायनिक हतियारको प्रयोग गर्ने गम्भीर क्रमलाई देखाएको र त्यो चिन्ताजनक रहेको एक अमेरिकी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नाभाल्नीलाई हाल रुस सरकारले जेलमा राखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो । बाइडेनले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा रुसप्रति कडा नीति लिएको विश्लेषण गर्न थालिएको छ ।

jackson ribon