birat ribon

एक रात जेल बसेर छुटे बार्सिलोनाका पूर्व–अध्यक्ष बार्टोमेउ

Neuro
एक रात जेल बसेर छुटे बार्सिलोनाका पूर्व–अध्यक्ष बार्टोमेउ

विराटनगर / स्पेनिस फुटबल क्लब बार्सिलोनाका पूर्व–अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई प्रहरीले रिहा गरेको छ । गैरकानुनी कार्यमा संलग्नता रहेको आरोपमा सोमबार पक्राउ परेका बार्टोमेउ मङ्गलबार रिहा भएका हुन् ।

cura insider

प्रहरीले बार्टोमेउसँगै क्लबका सीईओ ओस्कार, कानुनी अधिकृत रोमनसहित चार जनालाई पक्राउ गरेको थियो । चारमध्ये बार्टोमेउ र उनका पूर्वसल्लाहकार मास्फेर्रेर मङ्गलबार रिहा भएको स्पेनिस मिडियाले जनाएका छन् । उनीहरू एक सात जेलमा बसेर छुटेका हुन् ।

क्लबका सीईओ ओस्कार भने सोमबार नै छुटेका थिए । गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि उनीहरू पक्राउ परेका थिए ।

पहिलोपटक न्यायाधीश समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।

बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, “सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।”

न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ ।

बोर्टेमोउले गत वर्ष बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए । कप्तान लियोनल मेस्सीसँग विवाद चुलिएपछि उनले बोर्डबाट राजीनामा दिएका हुन् ।

jackson ribon