birat ribon

काङ्ग्रेसले भन्यो : विप्लवसँग वार्ता गर्न समिति गठन गर्नु सकारात्मक

Neuro
काङ्ग्रेसले भन्यो : विप्लवसँग वार्ता गर्न समिति गठन गर्नु सकारात्मक

काठमाडौँ / नेपाली काङ्ग्रेसले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मक रूपले लिएको छ ।

cura insider

मङ्गलबार काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै वार्ताका लागि समिति गठन गर्नु सकारात्मक भएको जनाए ।

उनले सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।

jackson ribon