birat ribon

मलाई प्रधानमन्त्रीबाट हटाए दुई वर्षपछि दुईतिहाईसहित सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

Neuro
मलाई प्रधानमन्त्रीबाट हटाए दुई वर्षपछि दुईतिहाईसहित सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने बताएका छन् । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो उद्घोष गरेका हुन् ।

cura insider

उनले कसैले हटाइहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गरे । तर उनले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौतिसमेत दिए ।

‘म मुद्दा लड्न गएको पनि छैन । म मुद्दा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर,’ उनले भने, ‘म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईँहरूकहाँ आउँछु । जनताका बीच जान्छु ।’

‘अस्तिका दिन मैले भनेँ, अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिलेनै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढ वर्ष वा दुई वर्षपछि त चुनाव आइसक्छ । दुईतिहाईका साथ फेरि सिंहदरबारमा फर्कन्छु’, उनले थपे ।

jackson ribon