birat ribon

पहिलो पटक आधिकारिक तलब बुझ्दै महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

Neuro
पहिलो पटक आधिकारिक तलब बुझ्दै महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

विराटनगर / नेपाली राष्ट्रिय महिला क्रिकेटरले पहिलो पटक आधिकारिक रूपमा मासिक तलब बुझ्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले २०२० को सुरुको छ महिनाको खेलाडी वर्गीकरणअनुसार एक सातामा महिला र पुरुष खेलाडीको तलब दिने भएको हो ।

cura insider

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट खेलाडीको वर्गीकरणअनुसार मासिक तलब पठाएको छ । सबै प्रक्रिया पूरा गरेर एक सातामा तलब दिने क्यानको तयारी छ ।

सन् २०२० को सुरुको ६ महिना महिला र पुरुष खेलाडीको तलब आइसिसीले पठाएको छ । यस्तै ग्राउन्ड स्टाफ र क्यानका कर्मचारीको तलब पनि क्यानलाई आइसिसीले पठाएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह बताए ।

क्यानको नयाँ कार्यसमिति आएपछि पहिलो पटक सन् २०१९ को वर्गीकरणलाई परिमार्जन गरेर २०२० को जनवरीबाट ६ महिनाका लागि लागू हुनेगरी नयाँ वर्गीकरण गरेको थियो । जसमा पुरुषमा २० खेलाडी र महिलामा २२ खेलाडीलाई समावेश गरेको थियो ।

jackson ribon