birat ribon

राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडीले पाकिस्तानमा लिग खेल्ने

Neuro
राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडीले पाकिस्तानमा लिग खेल्ने

विराटनगर / नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन् । गीता राना, अनिता केसी, सरु लिम्बू र एन्जिला तुम्बाप्पोले पाकिस्तान महिला फुटबल लिग खेल्ने भएका हुन् ।

cura insider

पाकिस्तान फुटबल फेडेरेशन (पिएफएफ) ले आयोजना गर्ने लिगमा नेपालबाट चार खेलाडी छनोट भएका हुन् । चारै खेलाडीले मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने छन् । त्यसका लागि चारै खेलाडी बिहीबार पाकिस्तानका लागि प्रस्थान गर्नेछन् । उनीहरू दुबई हुँदै पाकिस्तान पुग्ने छन् ।

चारै खेलाडी एपिएफ क्लबमा आबद्ध छन् । उनीहरूले हालै सम्पन्न राष्ट्रिय महिला लिगको उपाधि जिताएका थिए । चारै जना पहिलो पटक विदेशी लिग खेल्न जान लागेका हुन् । यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।

चारै खेलाडीलाई पाकिस्तान लिगमा पठाउनका लागि एन्फासहित सरकारी निकायले पनि सिफारिस गरेको थियो । साथै उनीहरूलाई लिगका लागि पठाउन मासा क्लबले एन्फालाई पत्राचार गरेको थियो ।

पाकिस्तानमा महिला लिग आठ मार्चबाट सुरु हुनेछ ।

jackson ribon