birat ribon

मोरङमा ११ हजारले लगाए कोरोना खोप, थप एक लाख ३५ हजारलाई आइतबारबाट लगाइने

Neuro
मोरङमा ११ हजारले लगाए कोरोना खोप, थप एक लाख ३५ हजारलाई आइतबारबाट लगाइने

विराटनगर / मोरङमा ११ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो चरणमा ११ हजार एक सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

cura insider

फ्रन्ट लाइनमा रहेर काम गर्नेहरूलाई पहिलो र दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाएको थियो । तेस्रो चरणमा अब एक लाख ३५ हजार चार सय ९३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । तेस्रो चरणको खोपका लागि ५५ वर्षमाथिका ज्येष्ठ नागरिक प्राथमिकतामा छन् ।

तेस्रो चरणको कोरानाविरुद्धको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिए । तेस्रो चरणमा ज्येष्ठ नागरिक र पहिलो र दोस्रो चरणमा छुटेका फ्रन्टलाइनरलाई समेटिने उनले बताए ।

‘मोरङमा तेस्रो चरणको खोप अभियान सुरु हुन गर्न लागेका छौँ,’ उनले भने, ‘अभियानका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’ खोप लगाउनेहरूलाई फागुन २० देखि २२ गतेसम्म तालिम दिइनेछ ।

तालिममा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका प्रमुख र मेडिकल अधिकृतको सहभागित हुनेछ ।
प्रमुख मेहताका अनुसार मोरङमा पहिलो र दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ९२.५ प्रतिशतले खोप लगाएका छन् । मोरङमा पहिलो चरणमा पाँच हजार आठ सय ५९ र दोस्रो चरणमा पाँच हजार तीन सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

jackson ribon