birat ribon

बाबुराम भट्टराई उपचारपछि स्वदेश फिर्ता

Neuro
बाबुराम भट्टराई उपचारपछि स्वदेश फिर्ता

विराटनगर / उपचारका लागि फागुन ९ गते भारतको राजधानी नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई उपचारपछि मङ्गलबार नेपाल फर्किएका छन् ।

cura insider

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि उनी नयाँदिल्ली गएका थिए । त्यहाँ भट्टराईको यकृत एवम् पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

आशङ्का गरिएजस्तो उनलाई क्यान्सर भने देखिएन । बायोप्सी परीक्षणपछि क्यान्सर नभएको चिकित्सकहरूले स्पष्ट गरेका छन् । तर, ट्युमरको चाँडो उपचार नगरे भविष्यमा क्यान्सरसमेत हुनसक्ने तर्फ भने चिकित्सकहरूले सचेत गराएका छन् । एक–दुई महिनाभित्रै शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।

jackson ribon