birat ribon

विराटनगरमा अनलाइनबाटै तिर्न सकिन्छ कर

Neuro
विराटनगरमा अनलाइनबाटै तिर्न सकिन्छ कर

विराटनगर / विराटनगर महानगरपालिकाले अनलाइनमार्फत कर भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर महानगरपालिकाले इसेवा र खल्तीमार्फत बिल भुक्तानी गर्न सकिने जानकारी गराएको हो ।

अनलाइन प्रविधिबाट भुक्तानी गर्न सकिने कार्यक्रमको उद्घाटन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरे ।

cura insider

साङ्ग्रिला इन्फरमेटिक्स प्रालिको प्राविधिक सहयोग लिएर विराटनगर महानगरले इसेवा र खल्ती लगानीमार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको उनले बताए । मेयर पराजुलीले देश–विदेशमा बसेर पनि महानगरको सेवा लिन सकिने बताए ।

jackson ribon