birat ribon

प्रधानमन्त्री ओलीलाई भेट्ने वीरबहादुरको अन्तिम इच्छा पूरा

Neuro
प्रधानमन्त्री ओलीलाई भेट्ने वीरबहादुरको अन्तिम इच्छा पूरा

विराटनगर / मोरङको उर्लाबारी नगरपालिकाका १०१ वर्षीय वृद्धको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने इच्छा पूरा भएको छ । स्थानीय वीरबहादुर पौडेलको प्रधानमन्त्री ओलीलाई भेट्ने अन्तिम इच्छा पूरा भएको हो ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थालबस्तीको शिलान्यास गर्ने क्रममा आयोजित समारोहमा प्रधानमन्त्री ओलीलाई पौडेलले भेट गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले वृद्धलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानपछि ओलीले पौडेललाई आफूसँगै राखेका थिए ।

cura insider

कार्यक्रम सञ्चालकले १०१ वर्षीय वृद्धले आफ्नो अन्तिम इच्छा प्रधानमन्त्रीलाई भेट्ने रहेको बताएपछि भेट्ने वातावरण बनाइएको बताए । प्रधानमन्त्रीलाई भेट्न पौडेल दिउँसो नै कार्यक्रम स्थलमा पुगेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूसँग ज्येष्ठ नागरिककाे आशीर्वाद र युवाहरूकाे माया रहेकाे बताए ।

jackson ribon